काठमाडौँ । संघीय सरकारले ९८ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र हेरफेर गरेको हो ।
सरकारले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम सम्बन्धित गाउँ सभा तथा नगर सभा र प्रदेश मार्फत आएका सिफारिसको आधारमा नाम परिवर्तन गरेको हो ।