सप्तरीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सप्तरीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने


२ फाल्गुन २०७५, बिहिबार


सप्तरी । सप्तरीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने भएको छ । बुधबारदेखि राजविराजमा साताव्यापी बृहत स्वास्थ्य शिविरको शुभारम्भ गर्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि मन्त्रीपरिषदबाट ऐनको मस्यौदा पारित भई काम अघि बढेको बताए ।

उनले धरान र काठमाडौं जस्तै सप्तरीलाई पनि स्वास्थ्य केन्द्र बनाउन सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेकोबताए ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षा, स्वास्थ्य, गरीबी र बेरोजगारी हटाउन सरकार प्रतिबद्ध रहेकाले विशेष लगानी गरिने प्रतिबद्धता व्यक्त गरे । फागुन ७ गतेसम्म सञ्चालन हुने उक्त शिविरमा बिरामीको चाप बढे समयावधि थप गरिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासले बताए ।

शिविरमा छाती, मुटु, हाडजोर्नी, दाँत, नाक, कान, घाँटी, आँखा, छाला, स्त्रीरोग विशेषज्ञले उपचार गरिरहेका छन् । एक सय २६ विशेषज्ञ चिकित्सकसहितको टोलीले एकै स्थानमा थुप्रै रोगको उपचार गर्न थालेपछि सप्तरी, सिरहा, उदयपुर, सुनसरी तथा छिमेकी मुलुक भारतको विहारबाट समेत बिरामी सेवा लिन आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस