२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असिनासहितको वर्षाले इँटा उद्योगमा ठूलो क्षति

अ+ अ-

सर्लाही । लगातार दुई दिनको असिनासहितको वर्षाले सर्लाहीको इँटा उद्योगमा करोडौंको क्षति भएको छ ।

यो वर्षको पहिलो हिउँदे वर्षाले सर्लाहीको इँटा उद्योगमा रु १५ करोड भन्दा बढीको क्षति भएको इँटा उद्योगीले जनाएको छ । पोल्नका लागि तयार पारेको काँचो इँटा गलेर उक्त मूल्य बराबरको क्षति भएको इँटा उद्योगीले जनाएको छ ।

हावाहुरीसँगै हिजो र आज असिनासहित पानी पर्दा सर्लाहीको इँटा उद्योगीलाई ठूलो क्षति भएको इँटा उद्योग व्यवसायी संघ सर्लाहीका अध्यक्ष मेथुर चौधरीले बताए । पोल्नका लागि तयारी अवस्थमा रहेको इँट्टा असिनासहित वर्षा हुँदा गलेर नष्ट भएको उनले जानकारी दिए ।

सर्लाहीमा ७२ भन्दा बढी इँट्टा उद्योग छन् । संघका अध्यक्ष चौधरीले आफू हरिपुर नगरपालिका लक्ष्मीपुरस्थित सञ्चालन गरेको किसन इँटा उद्योग र शक्ति फिक्स इँटा उद्योगमा असिना र वर्षाले करीब रु ३० लाख बराबरको इँटा गलेर क्षति भएको बताए ।

पोल्नका लागि तयार पारिएको करीब रु ७ लाख इँटा पानीले गलेर काम नलाग्ने भएको सूर्या इँटा उद्योग कविलासी नगरपालिकाका उद्योगी जगरनाथ राय यादवले जानकारी दिए । यसबाट करिब रु २० लाख मूल्य बराबरको क्षति भएको उनले बताए ।

आफूले सञ्चालन गरेको विकास फिक्स इँटा उद्योग र शक्ति इँटा उद्योगमा पनि वर्षाले ठूलो क्षति भएको उनले बताए ।

वर्षाले इँटा व्यवसायीको ढाँड भाच्चिएको नवराज इँटा उद्योग गौडैताका सञ्चालक वासुदेव चौधरीले बताए । आफ्नो रु २१ लाख भन्दा बढीको इँटा वर्षाले बर्बाद भएको चौधरीले बताए ।