खुसीयाली सम्मेलनमा भाग लिन मन्त्री पण्डित दुवै प्रस्थान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

खुसीयाली सम्मेलनमा भाग लिन मन्त्री पण्डित दुवै प्रस्थान


प्रशासन विशेष ब्युरो

२५ माघ २०७५, शुक्रबार


ग्लोबल ह्याप्पिनेश समिट

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डित खुसीयाली सम्मेलनमा सहभागी हुन दुवै प्रस्थान गरेका छन् ।

आइतबारदेखि सुरु हुने सातौँ ग्लोबल ह्याप्पिनेश समिटका लागि मन्त्रालयका सहसचिव केदार पनेरु र स्वकीय सचिव मनोज राईसहित मन्त्री पण्डित त्यसतर्फ लागेका हुन् ।

सम्मेलनमा नेपालको उपस्थितिले लगानी तथा जनशक्ति विकासका लागि सकारात्मक सन्देश जाने मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले बताए ।

‘विभिन्न प्रतिवेदनले मानव विकास सुचकाँकमा नेपाल अगाडी बढिरहेको तथ्याङ्क सार्वजनिक गरिरहेको छ,’ सचिव अधिकारीले भने, ‘नेपालमा विकास र सन्तुष्टिका उपयुक्त वातावरण छ भन्ने कुरा सम्मेलनमा बोलिदिँदा नेपालका लागि विश्वस्तरबाट सकारात्मक सन्देश जान्छ ।’

सम्मेलनमा विश्वभरका १ सय २१ मुलुकका सरकारका प्रतिनिधिहरू, मन्त्री तथा प्रधानमन्त्रीहरू सहभागी हुनेछन् ।

मन्त्री पण्डित फागुन १ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस