कुटपिटमा संलग्न तीन पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कुटपिटमा संलग्न तीन पक्राउ


२४ माघ २०७५, बिहिबार


तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–३ डाँडाथोकमा कुटपिटको अभियोगमा तीन युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका १७ वर्षीय सुजन आले, १९ वर्षीय मनोज राना र २८ वर्षीय सन्तबहादुर थापा छन् ।

डाँडाथोकमा विवाहको भोजमा भिमाद नगरपालिका र घिरिङ गाउँपालिकाका युवाबीच झगडा भएकामा भिमाद नगरपालिका–४ बस्ने १४ वर्षीय निशान रानासमेतलाई कुटपिट गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरीले कार्यालय जनाएको छ । कुटपिटबाट घाइते चारको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस