श्रीमतीसँगको सामान्य विवादमा एक युवकले गरे आफैमाथि गोली प्रहार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

श्रीमतीसँगको सामान्य विवादमा एक युवकले गरे आफैमाथि गोली प्रहार


२० माघ २०७५, आइतबार


काठमाडौं । श्रीमतीसँगको सामान्य विवाद हुँदा एक युवकले आफैमाथि गोली प्रहार गरेका छन् ।

उदयपुरको रौतामाई गाउँपालिका–५ का ३८ वर्षीय नीरबहादुर राईले आफैमाथि गोली प्रहार गरी आत्महत्याको प्रयास गरेका छन् । उनको छातीमा गोली लागेको छ ।

गोली प्रहार पछि गम्भीर घाइते भएका राईलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीले भरुवा बन्दुक नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस