२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक स्तरोन्नतिको माग गर्दै स्थानीयवासी आन्दोलित

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको कलुवापुर–बेलौरी सडक स्तरोन्नतिको माग गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।

वर्षौँदेखि अलपत्र अवस्थामा रहेको सडक कालोपत्र हुनुपर्ने र सडकमा उड्ने धुलोबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेकाले तत्काल सडकमा पानी छर्कने व्यवस्थाको माग गर्दै आन्दोलनमा उत्रिएको स्थानीयवासी उत्तरदेव भट्टले बताए।

दुई दिनअघिदेखि सडक कालोपत्रको माग अघि सार्दै पाँच घण्टासम्म सडकमा चक्काजाम गर्दै आएका छौँ, उनले भने, “भोलिसम्म पनि सडक स्तरोन्नतिको कार्य अगाडि नबढाइए अनिश्चितकालसम्मका लागि चक्काजाम हुन्छ ।”

सडकको अवस्थाबारे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीदेखि भौतिक पूर्वाधार विकासमन्त्रीसम्मलाई भेटेर ज्ञापनपत्रसहित जानकारी दिइएको उनले बताए । स्थानीयवासीले खाल्डाखुल्डी र धुलाम्मे भएको सडकमा असहज रूपमा यात्रा गर्नुपरेको छ । कच्ची सडककै कारण यात्रुले २७ किलोमिटर यात्रा गर्न रु १५० बढी चर्को भाडा तिर्नुपरेको छ ।

हिउँदका बेला सञ्चालन हुने सडक वर्षात्का बेला हिलाम्मे हुँदा स्थानीय यात्रुले पैदलै गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ । सडक निर्माणकार्य एक वर्षदेखि ठप्प छ । ठेकेदार कम्पनी सन्तोषी–थेगिम जेभीका प्रतिनिधि दमनराज जोशीले बजेट अभावले सडक निर्माणकार्य अगाडि बढ्न नसकेको बताए । सन्तोषी–थेगिम जेभीले विसं २०७३ भदौमा २३ किलोमिटर कलुवापुर–बेलौरी सडक कालोपत्र गर्ने जिम्मा लिएको थियो ।

सम्झौताअनुसार सन्तोषी–थेगिम जेभीले २०७५ भदौ १५ गतेभित्र निर्माणकार्य सक्नुपर्ने थियो । १८ करोड २० लाखमा निर्माण गर्ने सम्झौता भएकामा अहिलेसम्म निर्माण कम्पनीले रु चार करोड ४४ लाख भुक्तानी लिइ सकेको छ ।

तीन लाख ५२ हजारको अक्षयकोष स्थापना

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको असिग्राम माध्यमिक विद्यालयमा दुई समाजसेवीले रु तीन लाख ५२ हजारको अक्षयकोष स्थापना गरेका छन् । सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा कार्यरत वीरेन्द्रबहादुर ऐरले एक लाख ५१ हजार र अमेरिकामा बस्दै आएका धर्मसिंह साउदले स्वर्गीय बुबा खडकसिंह साउदको स्मृतिमा दुई लाख एक हजारको अक्षयकोष स्थापाना गरेका हुन् ।

अक्षयकोष स्थापना गर्ने दुवैले आर्थिक रूपमा विपन्न, जेहेन्दार, दलित र जनजातिका बालबालिकाको पढाइमा सहजता ल्याउने उद्देश्यले अक्षयकोष स्थापना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करनसिंह ऐरले बताए ।

अक्षयकोष स्थापना गर्ने सशस्त्र प्रहरीको नायब उपरीक्षक ऐर सोही ठाउँका स्थानीय बासिन्दा हुन् । उनले तलबबाट बचाएको रकम विद्यालयमा पढ्दै आएका बालबालिका लागि अक्षयकोषमार्फत उपलब्ध गराउन पाउँदा खुशी भएको बताए । अमेरिका बस्दै आएका साउदसमेत सोही ठाउँका स्थानीय बासिन्दा हुन । वि.सं. २०४५ मा स्थापना भएको विद्यालयमा पढ्दै आएका २९५ विद्यार्थीमध्ये ७० प्रतिशत बालबालिका दलित र जनजाति समुदायका रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस