स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा भट्टराई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा भट्टराई


प्रशासन विशेष ब्युरो

१७ माघ २०७५, बिहिबार


रूपनारायण भट्टराई

काठमाडौँ । सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रूपनारायण भट्टराईलाई नियुक्त गरेको छ ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मन्त्रिस्तरीय निर्णय गरी बुधवार भट्टराईलाई निर्देशकमा नियुक्त गरेका हुन् ।

केही समयदेखि रिक्त रहेको प्रतिष्ठानमा मन्त्रिस्तरीय निर्णयबाट सहसचिव भट्टराई नियुक्त भएको मन्त्रालयका सहसचिव तथा प्रवक्त्ता सुरेश अधिकारले प्रशासनलाई बताए ।

भट्टराई यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा निकै चर्चामा आएका थिए । खास गरी सिन्डिकेट तोड्न उनले खेलेको भूमिका सकारात्मक र प्रभावकारी रहेको थियो ।

जनप्रतिनिधि र कर्मचारीलाई देशब्यापीरुपमा तालिम प्रदान गर्दै आएका प्रतिष्ठान निकै महत्त्वपूर्ण निकायको रूपमा मानिन्छ । वर्तमान अवस्थामा यसको महत्त्व अझ बढी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस