देशभरको मौसम आंशिक बदली, पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

देशभरको मौसम आंशिक बदली, पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षा


प्रशासन संवाददाता

१६ माघ २०७५, बुधबार


काठमाडौं । देशभरको मौसममा आज आंशिक बदली भई पश्चिमी र मध्यभेगका केही क्षेत्रमा हल्का वर्षा तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।

बिहीबार र शुक्रबार पनि मौसम सामान्यतया बदली रहने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो साताभरि नै सामान्यतया मौसम बदली भए पनि गत साताको जस्तो वर्षा नहुने विभागका मौसमविद् गङ्गा नगरकोटीले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस