२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारागारमा क्षमताभन्दा बढी कैदी

अ+ अ-

पर्वत । कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी बस्न बाध्य छन् । ‘ङ’ श्रेणीमा सूचीकृत कारागारमा १५ पुरुष र १० महिला बन्दीको क्षमता भएपनि अहिले १०२ बन्दी छन् ।

कारागारका निमित्त प्रमुख प्रकाश पौडेलले कारागारभित्र उचित बस्ने व्यवस्थाको अभाव भएपछि आपसी समझदारीमा मिलाएर एकै कोठामा धेरैलाई राख्नुपरेको बताए । क्षमताभन्दा बढी भएकाले व्यवस्थापनमा निकै समस्या छ । जीर्ण संरचनाका कारण कैदी भाग्ने त्रास बढ्दै गएकोउनले बताए । कैदीबन्दीले पटकपटक समस्याबारे कारागार प्रशासनलाई जानकारी गराउँदै आएका छन् ।

कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई जानकारी गराउँदै आएको छ । ‘कैदीबन्दीका समस्याबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आएका छौँ,’ निमित्त जेलर पौडेलले भन्नुभयोे, ‘समस्या समाधान भएको छैन ।’ उनले अब हिउँद लागेकाले खानेपानीको समस्या देखिन थालेको, शौचालयको प्रर्याप्तता नभएको र सुत्नका लागि कैदीबन्दीलाई असहज भएको बताए ।

कारागारमा कैदीबन्दी बस्नका लागि तीन ब्लक छन् । तीनै ब्लकको ग्यालरीमा कैदीबन्दी बस्ने गरेका छन् । महिला बन्दीगृहको व्यवस्था नभएको पर्वत कारागारमा पुरुष कैदीबन्दीका लागि नै निर्माण भएको बन्दीगृहभित्र फरक–फरक ब्लक बनाएर राखिँदै आएको छ । एउटा ब्लक थप बनाउन रु २० लाख विनियोजन भएको उनले बताए ।

आर्थिक अभावमा महिला बन्दीगृह निर्माण हुनसकेको छैन । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कारागारको समस्याका बारेमा कारागार विभाग र गृह मन्त्रालयमा समेत पटक–पटक जानकारी गराएको बताए ।