डिभिजन वन कार्यालयद्धारा घाइते बँदेलको उद्धार « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

डिभिजन वन कार्यालयद्धारा घाइते बँदेलको उद्धार


प्रशासन संवाददाता

१४ माघ २०७५, सोमबार


डोटी । डोटी जिल्ला सदरमुकाम सिलगढी नजिकै घाइते अवस्थामा जंगली बँदेल फेला परेको छ ।

दिपायल सिलगढी नगरपालिका–५ अन्तरगत दिपायल–सिलगढी सडकको नालीमा भेटिएको बँदेल डिभिजन वन कार्यालय डोटीले नियन्त्रणमा लिएको छ ।

स्थानीयले सडकको नालीमा घाइते अवस्थामा रहेको जानकारी दिएपछि डिभिजन वन कार्यालयको टोलीले उद्धार गरी ल्याएको सहायक वन अधिकृत सुरेन्द्र रोकायाले जानकारी दिए ।

‘माथिबाट खसेर नालीमा परेको रहेछ, स्थानीयले खबर गरे’ रोकायाले भने ‘त्यसपछि कार्यालयको टोली गएर उद्धार गरेका छौं ।’

रोकायाले पशु स्वास्थ्यकर्मीहरुसंग उपचारको बिषयमा छलफल भईरहेको जानकारी दिए ।

उनले थपे ‘पछाडीको दुवै खुट्टा टेक्न सक्ने अवस्थामा छैन, सायद ढाडमा चोट लागेको हुन सक्छ ।’ उपचार पश्चात निको भएपछि जंगलमा छोडिने रोकायाले वताए ।

वन डिभिजन कार्यालयको बा १ झ ९८२६ नं। को गाडीमा कार्यालयमा लगिएको छ । माथिबाट दोड्दै आएको बँदेल भिरमा चिप्लेर खसेको प्रत्यक्षदर्शीहरुले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस