प्रधानमन्त्री स्वीट्जरल्याण्डबाट स्वदेश फर्किँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री स्वीट्जरल्याण्डबाट स्वदेश फर्किँदै


प्रशासन संवाददाता

१२ माघ २०७५, शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर शनिबार बिहान स्वदेश फर्किँदैछन् ।

स्वीट्जरल्याण्डको डाबोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो ।

प्रधानमन्त्री ओली बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनको सचिवालयले जनाएको छ ।

मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग प्रधानमन्त्री ओली सहभागी भएका थिए ।

ओलीले नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र आफू नेतृत्वको वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिएका थिए ।

उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क० र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय संगठनसँगको साझेदारी र सहकार्यबाट क्षेत्रीय समझदारी र विकास प्रवर्द्धनमा योगदान पुग्ने अभिव्यक्ति दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस