प्रशासन समाचार प्रभाव : उद्योग, वाणिज्य तथा आपूर्तिले सरसफाई थाल्यो (फोटो फिचर) « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रशासन समाचार प्रभाव : उद्योग, वाणिज्य तथा आपूर्तिले सरसफाई थाल्यो (फोटो फिचर)


प्रशासन संवाददाता

१० माघ २०७५, बिहिबार


सरसफाई

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यालय सरसफाई गरेको छ ।

सिंहदरवार वृहत् सफाइ अभियानसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफ्नो कार्यालय परिसर सरसफाई थालेको हो ।

आ-आफ्ना कार्यालय सफा, सुग्घर राख्ने भन्ने प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार सरसफाइ कार्यलाई अघि बढाएको मन्त्रालयले जनाएको छ ।

सिंहदरवारभित्र व्यापक सरसफाइ भई रहँदा आफ्नो मन्त्रालय फोहोर मन्त्रालयको रूपमा समाचार आउँदा दुःख लागेको मन्त्रालयका शाखा अधिकृत राम प्रसाद लुइँटेलले बताए ।

‘हामीलाई निकै पीडा बोध भएको छ,’ लुइँटेलले भने, ‘उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालय फोहोरको सन्दर्भमा फष्ट भएको समाचार आउँदा मन्त्रालयको परिचयपत्र लगाएर हिँड्दा बडो लाजमर्दो भएको स्थितिले हामीलाई छोएको छ ।’

सिंहदरवार परिसर अनुगमन समितिले वृहत् सिंहदरवार अभियान सञ्चालन गर्दा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले टेर पुच्छर नलगाएको बारे प्रशासन डटकमले फोटो फिचर प्रकाशन गरेको थियो ।

सम्बन्धित समाचार : ‘स्मार्ट’ मन्त्री-सचिवकै कार्यालय यस्तो कुरूप ! फोटो फिचर

उनले आफ्नो मन्त्रालय सफाइको सन्दर्भमा फष्ट हुने अभियानमा रहेको बताएका छन् ।

‘अव फोहोरको सन्दर्भमा होइन,’ उनले भने, ‘अब व्याख्या विश्लेषण हेर्दा उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालयबाट सिक न तपाइहरू भन्ने अवस्था बनाउने छौँ ।’

हेर्नुहोस् सरसफाई

 

Tags :
प्रतिक्रिया दिनुहोस