काठमाडौँ । अनुहार हेरेर चरित्र थाहा हुने भए, अनि उसको व्यक्तित्व र बाहिरी आवरण जस्तै व्यवहार हुने भए सायद….
यही उदाहरण चरितार्थ भएको छ, सिंहदरवार भित्र ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा यति बेला वृहत् एकीकृत सरसफाइ चलिरहेको छ ।
के सेना, के पुलिस, के सशस्त्र त के कर्मचारी ! सबै सबै सिंहदरबार परिसरभित्र रहेका निकायहरू सरसफाइमा जुटिरहँदा केही मन्त्रालयहरू भने अभियानमा सहभागी भएको देखिएन ।
गत शनिवार सिंहदरबार परिसरभित्र वृहत् एकीकृत सरसफाइ भई रहँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक जना कर्मचारी पनि देखिएनन् । परिसर सफाइ त परै जाओस् आफ्नै मन्त्रालयसमेत यति कुरूप बनाएका छन् कि सायदै यस्तो पनि हुन्छ र ? भनेर कल्पनासमेत गर्न सक्दैनन् ।
स्मार्ट मन्त्री अनि सचिवहरूकै मन्त्रालयमा यो अवस्था देख्दा ….के के लाई भन्दा देख्नेलाई लाज भनेजस्तै भयो ।
हेर्नुहोस् मन्त्रालयको बाहिरी आवरण अनि भित्री रूप