२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जैविक कृषि उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शाही

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रासायनिक विषादी संसारकै डरलाग्दो बम भएको बताएका छन् ।

साना किसान विकास लघुवित्त संस्था लि इलाका कार्यालय वीरेन्द्रनगर सुर्खेतको आज उद्घाटन गर्दै उनले भने, ‘रासायिनक विषादी मानव स्वास्थ्य समाप्त पार्ने बम हो, यस्ता विषादी मिश्रित खाद्यान्न आयात प्रतिस्थापन गर्न यहाँको जैविक कृषि उत्पादनमा जोड दिनुपर्दछ ।’

मुख्यमन्त्री शाहीले आजको बजार रासायनिक विषादीयुक्त खाद्यान्नले ओगटेको उल्लेख गर्दै कृषिसहित समग्र प्रदेशको विकासका योजना निर्माणमा सरकार लागेको बताए ।

उनले भने,’कृषिका माध्यमबाट कर्णालीको गरीबीलाई अन्त्य गर्न सकिन्छ, कृषि क्षेत्रमा आकर्षण बढाउन कर्णालीमा श्रम गर्नेलाई सम्मान गर्ने योजना छ ।’

प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले सहकारीका माध्यमबाट कर्णालीको समृद्धि कायम हुने बताए । ‘अब कर्णाली मागेर खाने होइन, अरूलाई दिने प्रदेश बनाउन चाहन्छौँ,’ उनले भने, ‘यसका लागि समाजमा उद्यमशीलता र गरीब किसानको हातमा कार्यक्रम जानुपर्दछ ।’