२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्साको सबै विद्यालयमा गुनासो सुनवाई समिति संचालन गर्ने जनप्रतिनिधिहरुको प्रतिवद्धता

अ+ अ-

माघ । पर्सा जिल्लाको सबै विद्यालयमा बालबालिका गुनासो समिति संचालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

शुक्रबार दिउसो वीरगन्जको होटल सुरजमा सम्पन्न भएको एक कार्यक्रममा स्थानिय निकायका जनप्रतिनिधिहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका छन् । शिक्षामा बाल बालिकाकोहक र समानताको अधिकार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो प्रतिवद्धता व्यक्त गर्दै सबै विद्यालयमा लैंगीक सम्पर्क व्यक्ति चयन गर्ने सहमती जनाएका छन् ।

युनिसेफको सहकार्य एवम सहयोगमा शिक्षा तथा मानव विकास श्रोत केन्द्रले आयोजना गरेको कार्यक्रममा लैंगीक क्षमता र हिसां तथा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्दै जसरी पनि २२० दिन विद्यालय संचालन गर्ने धारणा सरोकारवालाहरुले व्यक्त गरेका थिए । शिक्षा तथा मानव विकास श्रोत केन्द्रका उपमहानिर्देशक चुडामणी पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सबै विद्यालयहरुमा गुणासो पेटिका राखेर बाल बालिकाहरुको गुनासोलाई सुनवाइ समितिद्धारा अनिवार्य रुपमा सुन्नेकार्यलाई अबिलम्ब संचालन गर्ने प्रतिवद्धता सबै जनप्रतिनिधिहरुले व्यक्त गरेका छन् ।

कार्यक्रममा बोलदै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरवागीले बाल बालिका विभेदलाई अन्त नगरिएसम्म शिक्षाको विकासमा तिब्रता नआउने बताउदै छोरा छोरीबिचको विभेद गर्ने अभिभावकहरुलाई हदैसम्मको कार्यवाहि गर्ने बताए । उनाले विद्यालयलाई बालबालिका मैत्री बनाउन छात्राहरुको लागी विद्यालयमासेनेट्री पैडको व्यवस्थापन गर्नुको साथै शौचालय नभएको विद्यालयहरुमा अबिलम्ब शौचालय निर्माण गरिने बताए ।

उनले समाजमा बिकृतीको रुपमा रहेको बालबालिका बिच बिचको विभेदलाई न्यनिकरण गर्न जनचेतना फैलाउनुको साथै अभिभावकलाई दडिन्त गर्ने कानुनै बनाउनु पर्ने आवश्यकता रहेको बताए । नगर प्रमुख सरावगील पहुँच भन्दा वाहिर रहेका बालबालिकालाई विद्यालय मुखी बनाउन दिवा खाजा लगायतकतका विभिन्न रचनात्मक कार्यक्रम महानगरपालिकाले योजना लागु गरिरहेको बताए । उपप्रमुख शान्तिकार्किले स्थानिय निकायले शिक्षा क्षेत्रमा गरेको प्रतिवद्धतालाई कार्यान्वय गर्न जोड दिदै विद्यालयलाई बालबालिका मैत्री बनाउन गुनासो समिती संचालनले विद्यालयमा रहेको धेरै विभेदहरुको अन्त्य हुने आशा व्यक्त गरे ।

कार्यक्रममा सहभागी स्थानिय निकायका प्रमुख ,उपप्रमुख जिल्ला प्रहरी कार्यालय महिला सेलका प्रतिनिधि,शिक्षा तथा मानव विकास श्रोतकेन्द्रका निर्देशक खगेन्द्र सिह,एजुकेशनल पेजेजका राजेन्द्र उप्रेती,युनिसेफ शिक्षा सेक्सनका डिली पौडेल,वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्ण लगायतका अधिकारीहरुले शिक्षामा विद्यमान रहेको असमानता,प्राथमिक तहमा मातृभाषाको आवश्यकता,शिक्षमा दलितमा अधिकार लगायत विभिन्न बिषयहरुको बारेमा सरकारले व्यवस्थापन गरिएको अवधारणाहरुको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस