अख्तियारद्धारा हरिशचन्द्र कुमारलाई घुस मागेको अभियोगमा पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अख्तियारद्धारा हरिशचन्द्र कुमारलाई घुस मागेको अभियोगमा पक्राउ


प्रशासन संवाददाता

४ माघ २०७५, शुक्रबार


घुससहित रंगेहात पक्राउ

काठमाडौ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब डिभिजन कार्यालय भजनी कैलालीमा कार्यरत फरेष्टर हरिशचन्द्र कुमारलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

सामुदायिक वनबाट उपभोक्तासँग दाउरा उपलब्ध गराउन सहज वातावरण बनाइदिने भन्दै सेवाग्राहीसँग रु १० हजार घुस माग्दै गरेको अवस्थामा आयोगको टोलीले आज कार्यालय नजीकैबाट पक्राउ गरेको हो । आरोपी कुमारको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

यस्तै आयोगले आजै इलाका प्रशासन कार्यालय सिमरामा कार्यरत सहायक कम्प्युटर अपरेटर राज्यनारायण साह विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नागरिकताको प्रमाणपत्र बनाउन पुगेका एक सेवाग्राहीसँग साहले घुस मागेको अभियोग लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस