अख्तियारद्धारा प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अख्तियारद्धारा प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा दायर


प्रशासन संवाददाता

२ माघ २०७५, बुधबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखा मूलपानीमा कार्यरत तीन कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्राधिकरणको तार एक सेवाग्राहीको जग्गाबाट हटाइदिने भन्दै उनीहरुमाथि रु १५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगले केही दिन पहिले इलेक्ट्रिकल सुपरभाइजर बद्रीनाथ न्यौपाने, हेल्पर काले थापामागर र ज्यालादारीमा काम गर्ने विदुर पुडासैनीलाई घुस माग्दा माग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

उनीहरुलाई बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस