२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिस्नु हानाहान गरी सङ्क्रान्ति मनाउँदै

अ+ अ-

जाजरकोट । परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउने कार्य शुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ ।

मङ्गलबार बिहानैदेखि जिल्लाको पूर्वी क्षेत्रको नलगाड नगरपालिका, बारेकोट गाउँपालिकामा सिस्नु हानाहान गरेर माघे सङ्क्रान्ति मनाउन टाढाटाढाबाट पाहुना पुगिसकेको पञ्च भयार माध्यमिक विद्यालय जिकुवाका शिक्षक वीरबहादुर खत्रीले बताए ।

यो परम्परा कहिलेबाट शुरु भयो भन्ने यकिन नभए पनि केटाकेटीले रमाइलोका लागि खेल्दाखेल्दै परम्पराको रूपमा स्थापित भएको हुनसक्ने नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलले बताए । आजको दिन सिस्नु नछुने र नखेल्ने व्यक्ति सुँगुर हुने जनविश्वाससमेत रहेको पाइन्छ । विवाह गर्न मिल्ने नाता पर्नेहरूबीच बढी सिस्नु हानाहान गर्ने चलन स्थापित छ ।

सिस्नु खेल्न टाढाटाढाबाट नलगाड नगरपापालिका का १ देखि १० वडामा पुग्ने गर्दछन् । सिस्नु खेल्दाखेल्दै विवाहसमेत हुने गरेको छ । गाउँगाउँमा बाक्लो घर भएका ठाउँमा जम्मा भएर सिस्नु खेल्ने काम हुने नगरप्रमुख रावलले बताए । रुकुमको आठविसकोटमा पनि सिस्नु खेल्ने काम हुने गर्दछ ।

त्यस्तै तल्लो डोल्पामा बिहानै उठेर (ढकुल्लो) खानेकुरा गाउँगाउँमा बाँड्नुका साथै (ठेलोवेजो) अर्थात गाउँभरीका यूवाहरु जम्म भएर बन्दुकबाट तारो हानेर सङ्क्रान्ति बनाउने काम हुने मुट्केचुला गाउँपालिका–९ सर्मीका शिक्षक हस्तबहादुर बुढाले बताए । जसले तारो हानेर जित्छ उसैलाइ केही रकम दिने गरिँदै आएको छ ।