१ हजार ७०० चल्ला बरामद « प्रशासन
prasaLogo
३० पुष २०७५, सोमबार

१ हजार ७०० चल्ला बरामद


प्रकाशित मिति : 14 January, 2019 4:04 pm

सर्लाही । भारतबाट लुकाइछिपाइ नेपाल ल्याउँदै गरेको १ हजार ७०० कुखुराको चल्लासहित स्करपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार राति ९.३० बजे गोडैता नगरपालिका–१२ मधुवनी नाकाबाट डिएलसिएनबि ०६९९ नं को भारतीय स्करपियोमा चल्ला लुकाइ ल्याउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले चल्ला र गाडीलाई नियन्त्रणमा थिएको थियो ।

नियन्त्रणमा लिइएको चल्ला र गाडीलाई सर्लाही भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस