२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्दा जुटाएर सङ्ग्रहालय निर्माण शुरु

अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको करबाकेलीमा स्थानीयवासीले चन्दा जुटाएर सङ्ग्रहालय निर्माण शुरु गरेका छन् ।

करबाकेली संरक्षण तथा व्यवस्थापन समितिले म्याग्दी जिल्लामा बसोबास गर्ने सबै समुदायको पहिचान झल्कने दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री सङ्कलन गरेर सङ्ग्रहालय निर्माण शुरु गरेको हो ।

स्थानीय तह, प्रदेश र सङ्घीय सरकारका सम्बन्धित मन्त्रालयमा गरिएको प्रस्तावको सुनुवाइ भएपछि समुदायबाट चन्दा र श्रमदान जुटाएर सङ्ग्रहालयको पूर्वार्धार निर्माण शुरु गरिएको निर्माण समितिका सचिव रवी गर्बुजा पुनले जानकारी दिए ।

करबाकेली संरक्षण तथा व्यवस्थापन समितिका संरक्षक चामबहादुर पुनका अनुसार सङ्ग्रहालयको भवन निर्माण र सामग्री खरीदमा ६० लाख लागत अनुमान गरिएको छ । पुनःसमुदायको कूल देवता करबाकेली बाबाको अवसान भएको करबाकेलीलाई नेपालका सबै समुदायको साथै विदेशीको समेत गन्तव्य बनाउने उद्देश्यले समुदायले करोडौँका पूर्वाधार तयार गरेका छन् ।

रु दुई करोडभन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पूजास्थल, पदमार्ग, सडक, सामुदायिक लज र सभाहल, खेलमैदानलगायतका पूर्वाधार निर्माण गरिएको करबाकेलीका संरक्षक पुनले बताउनुभयो ।

यस स्थानमा पूजाआजा र दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ । समुद्री सहतदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित करबाकेलीबाट गुर्जा, धौलागिरि, नीलगिरी, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचेलगायत १० वटा हिमशृङ्खलाको साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जङ्गल अवलोकन गर्न सकिन्छ ।

करबाकेलीलाई केन्द्रित गरेर समुदायकै पहलमा गत वैशाखदेखि ‘करबाकेली इको ट्रेक’ सञ्चालन गरिएको छ । करबाकेली इको ट्रेकका अध्यक्ष यामबहादुर पुनले जङ्गल सफारी, पुनः समुदायको संस्कृति र प्राकृतिक सुन्दरताको रसस्वादन गर्न पाउनु यस पदमार्गको विशेषता भएको बताए ।

पदमार्गमा समेटिएका काफलडाँडा, रिमा, राम्चे, लोप्रे र कुवापानीमा होमस्टे सञ्चालनका लागि गत असोजमा ३५ लाई एक हप्ताको घरवास तालीम दिइएको थियो । सदरमुकाम बेनीदेखि राहुपारे–महभिर, बैसरी, पर्वतको बाँसखर्क, लेकफाँट र म्याग्दीको हिस्तान भएर करबाकेली पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस