सिंहदरवारमा बृहत्तर सफाइ(फोटो फिचर) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सिंहदरवारमा बृहत्तर सफाइ(फोटो फिचर)


प्रशासन विशेष ब्युरो

२८ पुस २०७५, शनिबार


सिंहदरवारमा बृहत्तर सफाइ

काठमाडौँ । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा बृहत्तर सफाइ गरिएको छ ।

सिंहदरवार परिसर अनुगमन समितिको नेतृत्वमा सञ्चालित सफाइ अभियान अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निजामती कर्मचारीहरूले सामूहिक रूपमा सिंहदरवारमा सफाइ गरेका हुन् ।

बिहान ७ बजेदेखि सुरु भएको अभियान शनिवार दिनभर जारी रहने छ । सिंहदरवार परिसर भित्रस्थित नेपाली सेना र नेपाल प्रहरी सयौँ अधिकारी लगायत सशस्त्र प्रहरी र विभिन्न मन्त्रालयका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

सिंहदरवार व्यवस्थापन सम्बन्धमा समितिले माघ २० गतेसम्म पहिलो चरणको सबै सरसफाइ गरिसक्ने कार्य तालिका अनुसार प्रत्येक दिन बिहान ७ बजेदेखि १० बजेसम्म पानीको फोहोराले मन्त्रालयहरू सफाइ गरिँदै आएको छ ।

हेर्नुहोस् फोटोहरू

र यो पनि,

सिंहदरवारमा एकीकृत सफाइ

 

Tags :
प्रतिक्रिया दिनुहोस