आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर


प्रशासन संवाददाता

२३ पुस २०७५, सोमबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध रु १८ करोड ६६ लाख पाँच हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार उक्त सम्पत्तिको स्रोत नखुलेको पाइएकाले आज मुद्दा दायर गरिएको हो । लामो समयदेखि आयोगले खड्काको सम्पत्तिका बारेमा छानबिन गर्दै आएको बताइएको छ ।

प्रवक्ता दङ्गालका अनुसार खड्कामाथि निगमको प्रमुख तथा अन्य सरकारी निकायमा रहँदा पदको दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोग लागेको छ । आयोगले दर्ता गरेको मुद्दाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस