विद्यालयमा भौतिक पूर्वाधारको अभाव हुने छैन : मन्त्री बराल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विद्यालयमा भौतिक पूर्वाधारको अभाव हुने छैन : मन्त्री बराल


प्रशासन संवाददाता

२२ पुस २०७५, आइतबार


खस्यौली । प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आगामी पाँच वर्षभित्र प्रदेशमा रहेका सबै विद्यालयमा भौतिक पूर्वाधारको अभाव हुन नदिने बताएका छन् ।

आज बुटवलस्थित नवीन औद्योगिक माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सवमा उनले कुनै पनि प्रकारको जनशक्ति र शैक्षिक सामग्रीको अभाव हुन दिइने छैन भने ।

सो अवसरमा रु १३ लाख सात हजार ४२ को लागतमा निर्माण भएको २ कोठे ट्रस कक्षाको मन्त्री बरालले उद्घाटन गरे । विसं २०६३ बाट माध्यमिक तह सञ्चालन गरेको विद्यालयले शैक्षिक सत्र विसं २०६८ बाट व्यवस्थापन सङ्कायमा कक्षा ११ सञ्चालन गर्दै आएको छ भने विसं २०७० बाट प्राविधिक शिक्षातर्फ कक्षा ९ देखि सिभिल इञ्जिनीयरिङको पढाइ हुँदै आएको विद्यालयका प्राध्यापक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस