राजस्व सङ्कलन ३२ प्रतिशतले वृद्धि भएको छ : प्रधानमन्त्री ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजस्व सङ्कलन ३२ प्रतिशतले वृद्धि भएको छ : प्रधानमन्त्री ओली


प्रशासन संवाददाता

२२ पुस २०७५, आइतबार


सामाजिक सुरक्षा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको ५ महिनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको ५ महीनामा राजस्व संङ्कलन ३२ प्रतिशतले वृद्धि भएको, पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको र सरकारी खर्च गत वर्षको तुलनामा २० प्रतिशतले कमी रहेको जानकारी दिए ।

उनले मूल्य वृद्धि ३ दशमलव ७ प्रतिशत रहेको, वैदेशिक सहायता रु एक खर्ब ६२ अर्ब ७२ करोड प्राप्त भएको, उद्योग व्यवसायमा २५ प्रतिशत लगानी वृद्धि भएको र व्यापार घाटा १ दशमलव ५ प्रतिशत घटेको पनि बताए ।

प्रधानमन्त्री ओलीले प्रतिपक्षलाई रचनात्मक र प्रभावकारी भई आर्थिक विकासमा ऐक्यबद्ध भई अघि बढ्न पनि आग्रह गर्नुभयो । मन्तव्यको बाँकी सामग्री आगामी बुलेटिनमा आउँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस