विदेशी मुद्राको मूल्य घट्यो « प्रशासन
prasaLogo
२२ पुष २०७५, आईतवार

विदेशी मुद्राको मूल्य घट्यो


प्रकाशित मिति : 6 January, 2019 2:33 pm

काठमाडौं । आइतबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार विदेशी मुद्राको मूल्य घटेको छ । विनिमय दर अनुसार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८२ पैसा रहेको छ ।

शुक्रबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८६ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ०२ पैसा थियो । आइतबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा तोकिएको छ । शुक्रबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९० पैसा र बिक्रीदर २७ रुपैयाँ ०५ पैसा, कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

आइतबार बहराईन दिनार १ को खरिददर २९५ रुपैयाँ १२ पैसा र बिक्रीदर २९६ रुपैयाँ ७१ पैसा तोकिएको छ। शुक्रबार बहराईन दिनार १ को खरिददर २९७ रुपैयाँ ११ पैसा र बिक्रीदर २९८ रुपैयाँ ७१ पैसा तोकिएको थियो ।

त्यस्तै कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा तोकिएको छ । शुक्रबार कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा तोकिएको थियो । नेपाल राष्ट्र बैंकको तुलनामा बाणिज्य बैंकहरुले भने केही पैसा तल माथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस