काठमाडौं । सांसद रेशम चौधरीको सपथ ग्रहण कार्यक्रम पूर्वनिर्धारित समयभन्दा केही घण्टालाई पछि सरेको छ ।
बिहान साढे ११ बजे राखिएको सपथ ग्रहण दिउँसो ३ बजेका लागि सारिएको हो ।
सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार डिल्लीबजार कारागारबाट चौधरीलाई ल्याउने प्रक्रिया पूरा गर्दा केही समय लाग्ने भएकाले सपथ ग्रहणको कार्यक्रम तीन बजेसम्म सारिएको छ ।