पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँ घट्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँ घट्यो


प्रशासन विशेष ब्युरो

१८ पुस २०७५, बुधबार


पेट्रोलियम पदार्थ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

बुधवार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जानकारी दिएको छ।

निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो।

यसअघि प्रतिलिटर १ सय १० पर्ने पेट्रोलको मूल्य १ सय ८ मा झरेको छ। प्रतिलिटर ९७ रुपैयाँमा रहेको मट्टितेल र डिजेल ९५ रुपैयाँमा कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएको कारणले पेट्रोल र डिजेलरमट्टितेलको मूल्य घटाइएको जानकारी निगमले विज्ञप्तिमार्फत दिएको हो।

नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा नाफा भए पनि एलपी ग्याँसमा प्रति सिलिन्डर ८० दशमलव ६९ रुपैयाँ घाटा रहेको निगमले दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस