चोरीमा संलग्न तीनजना पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

चोरीमा संलग्न तीनजना पक्राउ


प्रशासन संवाददाता

१८ पुस २०७५, बुधबार


घुससहित रंगेहात पक्राउ

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र विगत सात महीनादेखि विभिन्न चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्ला औरही गाउँपालिका–१ का २१ वर्षीय मोहम्मद इलियाकत राइन, उपमहानगरपालिका–४ महावीर चोकका २२ वर्षीय अभिमन्युकुमार साह र महोत्तरी जिल्ला औरही नगरपालिका–३ सोनामाईका १८ वर्षीय रमेशकुमार यादव रहेका छन् ।

जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले पक्राउ परेकाले ग्यास प्रयोग गरी सटर काटेर चोरी गर्ने गरेको बताए । पक्राउ गरिएकाबाट सामसुङ्ग ५५ इन्चको एलइडी एक, ल्यापटप १, मोबाइल ६, खुकुरी १ थान, सुनजस्तो देखिने दाना ६, सुनजस्तो देखिने टीकाको टुक्रा ७, कानमा लगाउने सुनजस्तो देखिने झुम्का एक जोर बरामद गरिएको छ ।

चाँदीजस्तो देखिने कानमा लगाउने झुम्का एक जोर, सुनजस्तो देखिने सिक्री एक, चाँदीजस्तो देखिने कटोरा एक, चाँदीजस्तो देखिने पाउजू एक, मोती सेट भएको बाला एक, ढोका र झर्‍यालमा लगाउने पर्दा १०, अक्सिजन ग्यास सिलिण्डर एक, ग्यास रेगुलेटर १, ग्यास पाइप फलामको १, फाइटर एक थान, ग्यास पाइप एक रिङ्ग र पाउजू १ जोर पनि बरामद गरिएको जनाइएको छ ।

बरामद गरिएका सामानमा जिल्ला प्रहरी कार्यालयमा जेठ महीनादेखि मङ्सिर महीनासम्म जाहेरी भएको ९ वटा चोरीका घटनाका सामानसमेत रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस