२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दश बुँदे घोषणापत्र जारी गर्दै सकियो जलवायु सम्मेलन

अ+ अ-

सिन्धुपाल्चोक । दश बुँदे ‘साझा सिन्धु’ घोषणपत्र जारी गर्दै सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आयोजित प्रथम राष्ट्रिय जलवायु सम्मेलन आज सम्पन्न भएको छ ।

देशका ७७ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रतिनिधिलगायत जलवायु विज्ञको सहभागितामा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गरेका थिए।

आज जारी दश बुँदे घोषणापत्रमा जलवायु परिवर्तन तथा यसले पारेका असरबारे वैज्ञानिक खोज अनुसन्धान गर्दै जनचेतनामा जोड दिने, जलवायु परिवर्तनले मानव जीवनमा पारेको नकारात्मक असरबारे भरपर्दो सूचना प्रवाह गर्नुका साथै समुदायमा आधारित जलवायु अनुकूलन तथा न्यूनीकरणका उपायलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तर्जुमा प्रभावकारिताका लागि राष्ट्रिय, प्रादेशिक तथा स्थानीय सरकारसँग समन्वयकारी भूमिकामा जोड दिनेलगायतका विषय समावेश छन् ।

सम्मेलनमा सहभागी जलवायु विज्ञले प्रस्तुत गरेका कार्यपत्रमा गम्भीर छलफलसहित पृथ्वीमा भइरहेको तापमान वृद्धिलाई कसरी कम गर्न सकिन्छ भन्ने साझा निष्कर्ष निकाल्दै सम्मेलन सकिएको कार्यक्रम व्यवस्थापन संयोजक एवं जिसस सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले बताए ।

सम्मेलनमा सहभागी जिसस प्रमुख तथा उपप्रमुखले विश्वमा भइरहेको औद्योगिक चाप, वातावरण प्रदूषण तथा प्राकृतिक स्रोतको अव्यवस्थित दोहनका कारण जलवायु परिवर्तनको असर नेपालमा समेत प्रत्यक्ष देखा पर्न थालेको निष्कर्ष निकाल्दै यसलाई रोक्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्मेलनले नेपालजस्ता हरियाली वनजङ्गल, जलस्रोत तथा हिमशृङ्खला भएका देशमा प्राकृतिक सम्पदामा धनी भएर पनि कार्बन उत्सर्जनको प्रत्यक्ष असर परेकाले यसको रोकथामका लागि अन्तर्राष्ट्रिय मञ्चमा दबाब दिन आह्वान गरेको छ ।