२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाब्रेको छाला मुद्दाका प्रतिवादी कारागार

अ+ अ-

काठमाडौं । दुर्लभ वन्यजन्तु रातो हाब्रेको छाला ओसारपसार तथा बिक्रीवितरण मुद्दामा फरार एक व्यक्ति आज कारागार चलान भएका छन् ।

काठमाडौँ जिल्ला अदालतको गत फागुन १५ गतेको फैसलाले पाँच वर्ष कैद तोकिएका नुवाकोट शिवपुरी गाउँपालिका– २ का अशोक भनिने श्यार्पा तामाङ कारागार चलान भएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले सोमबार बेलुका काठमाडौँ सामाखुशीबाट उनलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतको आदेशले आजै कैद भुक्तानीका लागि कारागार चलान गरिएको हो ।

रातो हाब्रेको छाला ओसारपसार तथा बिक्रीवितरण हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीले गएको भदौमा काठमाडौँ तारकेश्वर नगरपालिका– १० मनमैजुबाट रातो हाब्रेको छालासहित उनलाई पक्राउ गरेको थियो । उक्त मुद्दामा अदालतबाट माग भएको धरौटीबापत जेथा जमानीमा तारेखमा रहेको तामाङ अदालतको फैसलापछि फरार रहेका थिए ।

रातो हाब्रेको छाला बिक्रीवितरणमा संलग्न सोही मुद्दाका अर्का व्यक्ति सन्तोषकुमार तामाङ यसअघि नै जेल चलान भइसकेको ब्युरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।