हाब्रेको छाला मुद्दाका प्रतिवादी कारागार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

हाब्रेको छाला मुद्दाका प्रतिवादी कारागार


प्रशासन संवाददाता

१७ पुस २०७५, मंगलबार


काठमाडौं । दुर्लभ वन्यजन्तु रातो हाब्रेको छाला ओसारपसार तथा बिक्रीवितरण मुद्दामा फरार एक व्यक्ति आज कारागार चलान भएका छन् ।

काठमाडौँ जिल्ला अदालतको गत फागुन १५ गतेको फैसलाले पाँच वर्ष कैद तोकिएका नुवाकोट शिवपुरी गाउँपालिका– २ का अशोक भनिने श्यार्पा तामाङ कारागार चलान भएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले सोमबार बेलुका काठमाडौँ सामाखुशीबाट उनलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतको आदेशले आजै कैद भुक्तानीका लागि कारागार चलान गरिएको हो ।

रातो हाब्रेको छाला ओसारपसार तथा बिक्रीवितरण हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीले गएको भदौमा काठमाडौँ तारकेश्वर नगरपालिका– १० मनमैजुबाट रातो हाब्रेको छालासहित उनलाई पक्राउ गरेको थियो । उक्त मुद्दामा अदालतबाट माग भएको धरौटीबापत जेथा जमानीमा तारेखमा रहेको तामाङ अदालतको फैसलापछि फरार रहेका थिए ।

रातो हाब्रेको छाला बिक्रीवितरणमा संलग्न सोही मुद्दाका अर्का व्यक्ति सन्तोषकुमार तामाङ यसअघि नै जेल चलान भइसकेको ब्युरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस