२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मृत्युपत्रको उपहार

अ+ अ-

तिम्रो आँगनमा
मैले पहिलो पाइला टेकेको दिन
तिमीले गुराँसको रातो रङ्ग चोरेर,
मेरो खाली निधार रंगाउदै
आफ्नो घरमा स्वागत गरेका थियौ
मैले त्यही पल
एउटा सपना देखेकी थिएँ
तिम्रो घरको छानोसम्म पुगेर
बिछ्याउनाबाटै देखिने ती
साना साना छिद्रहरू टाल्नेछु र
तिम्रो घरलाई बेमौसमी वर्षातबाट बचाउनेछु ।
तिम्रा हर दायित्वलाई पूरा गर्न
हातमा हात मिलाउनेछु
साथमा साथ दिनेछु ।
तिम्रा सपनालाई साकार बनाउन
म मेरो शरीरको मोती चढाउनेछु
तिम्रा आफ्ना चाहना भित्र
म मेरो सपनाको फुल फुलाउनेछु ।

त्यही समयदेखि
म आफ्ना चाहनाहरू बटुल्दै गएँ ।
तिम्रो घरको मझेरीमा बसेर
रहरको उडान भर्दै गएँ ।
तिम्रो त्यो अक्कर जस्तो भर्‍याङ चढेर
बुइँगलसम्म पुग्ने आकाङ्क्षा सँगाल्दै गएँ ।
आँखीझ्यालको प्वालबाट छिरेर
तिम्रो घरको छानोसम्म पुग्ने अभिलाषा पाल्दै गएँ ।

आज तिमी
म चढ्दै गरेको भर्‍याङ खोसेर,
आफ्नो घरको यो मालीलाई
अर्कै घरमा जा भन्दै छौ
जबरजस्ती गलत्याउन खोज्दै छौ,
आफ्नो छत्रछाँयाबाट अलग्याउन प्रयत्न गर्दछौ,
कहिल्यै सात्क्षात्कार गर्न नपाएका
ती तिम्रा सन्तानको काखमा बसेर
रमाउन भन्दै छौ,
जुन,
मलाई मान्य हुन सक्दैन
बर्षौ लगाएर हुर्काएका
यी मेरा सन्तान जस्ता सपनाहरूको बली चढाएर
म तिम्रो अन्तिम इच्छा पुरा गर्न सक्दिन ।
त्यसैले,
मेरो सपनाहरूको हत्याको लागि
तिमीले थमाएको यो मृत्युपत्र
तिम्रै लागि
उपहार पठाएकी छु ।।