२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजधानी कहाँ भन्दा कस्तो बनाउने महत्वपूर्ण : सभामुख घर्ती

अ+ अ-

रुपन्देही । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले राजनीतिक सहमतिका आधारमा प्रदेशको राजधानीको टुङ्गो लगाउनुपर्ने बताएका छन् ।

राजधानी हचुवाको भरमा तोक्ने विषय नभएको बताउँदै उनले राजधानी कहाँ बनाउनेभन्दा पनि कस्तो बनाउने विषय महत्वपूर्ण भएको बताए। रिपोटर्स क्लब प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा सभामुख घर्तीले प्रदेशको राजधानी प्रदेशका सबै जनताको भवना बुझेर तय गर्नुपर्ने बताए ।

प्रतिपक्ष दलको विरोध र सत्ता पक्षकै सांसदले गुनासो गरेको कारण स्थायी राजधानी र नामाकरण गर्न विशेष समिति बनाइएको बताउँदै प्रदेशका सबै सांसदले आफ्नो तहभन्दा माथि उठेर सहमति जुटाउनुपर्ने बताए । ‘बाँके, बर्दियाजस्ता जिल्लासमेत समेट्ने गरी स्थानको टुङ्गो लगाउनुपर्छ” उनले भने, ‘कुन सांसदको घर कहाँ छ भन्ने आधारमा राजधानी तोक्ने विषय होइन ।’

कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता बलदेव शर्मा पोखरेलले प्रदेश राजधानी रुपन्देही र नामाकरण लुम्बिनी गर्दा उपयुक्त हुने धारणा राखे । राजधानी तोक्ने विषयमा अनावश्यक ढिलाइ भएको भन्दै उनले रुपन्देही राजधानी तोक्ने विषयमा सबैको सहमति जुट्ने विश्वास व्यक्त गरे । २ तिहाइ बहुमतबाट भए पनि राजधानीको विषय टुङ्ग्याउनुपर्ने भन्दै नेता पोखरेलले यसमा जिम्मेवार दलका नेता लाग्नुपर्नेबताए ।

संघीय समाजवादी फोरमका प्रमुख सचेतक सन्तोष पाण्डेले प्रदेशको स्थायी राजधानी रुपन्देहीभन्दा अन्य विकल्प नभएको बताए । राजधानी तोक्न ढिलाइ हुँदा अन्तर्राष्ट्रिय समुदायले समेत चासो दिएको भन्दै उनले रुपन्देही राजधानी र प्रदेशको नामाकरण लुम्बिनी उपयुक्त हुने पार्टीको धारण रहेको बताए ।

गौतमबुद्धको जन्मभूमि लुम्बिनीबाट नेपाल विश्वसामु चिनिएकाले लुम्बिनी प्रदेश नै उपयुक्त हुन्छ उनले भने, ‘भौतिक पूर्वाधारका हिसाबले स्थायी राजधानी रुपन्देहीको विकल्प छैन ।’