पूर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सव पुस १९ मा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सव पुस १९ मा


प्रशासन संवाददाता

१६ पुस २०७५, सोमबार


विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, विराटनगरको २५औँ वार्षिकोत्सव एवं रजत महोत्सव–२०७५ यही पुस १९ गते हुने भएको छ । सो दिन विश्वविद्यालय स्थापना एवं सञ्चालनमा सहयोग पुर्‍याउने महानुभाव तथा विश्वविद्यालयमा दीर्घसेवा गरेका छन् ।

प्राध्यापक तथा कर्मचारीलाई सम्मान, रजत महोत्सव स्मारिकाको विमोचन, रजत महोत्सव स्तम्भ तथा माता सरस्वतीको मन्दिर उद्घाटनलगायत कार्यक्रम हुने तय भएको उपकुलपति प्रा.डा.घनश्यामलाल दासले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिए ।

सरकारले ८०५ बिघा वन क्षेत्रको जग्गा उपलब्ध गराएको विश्वविद्यालयमा गोठगाउँ परिसरको समग्र शैक्षिक एवं प्राज्ञिक विकासलाई लक्ष्य गरी एमबिबिएस शैक्षिक कार्यक्रमको सञ्चालनलाई प्रमुख प्राथमिकतामा राखिएको छ । आङ्गिक क्याम्पसको विकास गर्दै लैजाने लक्ष्य राखी नौ आङ्गिक क्याम्पसको विकास एवं सम्वर्द्धनमा विश्वविद्यालय अग्रसर छ ।

रजत महोत्सवका अवसरमा विश्वविद्यालयका छसङ्कायअन्तर्गत ८० व्यावसायिक र प्राविधिक विषयका कार्यक्रम सञ्चालन भइरहेको छ । एक सय २१ सम्बन्धनप्राप्त सम्पूर्ण क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उपकुलपति दासले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस