लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन « प्रशासन
prasaLogo
१३ पुष २०७५, शुक्रबार

लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन


प्रकाशित मिति : 28 December, 2018 3:36 pm

भक्तपुर । बिरामी भएर घरमै थला परेका लोकगायक बुद्धिकृष्ण लामिछानेको आज मध्याह्न ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ ।

चाँगुनारायण नगरपालिका– ७ स्थित आफ्नै निवासमा लामो समयदेखि पक्षाघातलगायत विभिन्न रोगले थलिएका लामिछानेको निधन भएको उनकी छोरी सम्झनाले जानकारी दिए ।

‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’…‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’…, ‘फाटेको दौरा लाएर, खोले सिस्नु खाएर’…जस्ता जीवन्त गीतका गायक लामिछानेको पछिल्लो समय निमोनियाको समेत उपचार भइरहेको थियो । उनका श्रीमती, २ छोरा र ३ छोरी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस