सरकारले ३ सय वटा विद्युतीय बस किन्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारले ३ सय वटा विद्युतीय बस किन्ने


१२ पुस २०७५, बिहिबार


काठमाडौं । अब सरकारले काठमाडौं उपत्यकामा चलाउन ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

‘नेपाल सरकारले आफ्नै लगानीमा कम्तीमा ३०० वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीति लिएको छ’ मन्त्रिपरिषदको निर्णय सुनाउँदै उनले भने ।

काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न यो नीति लिएको मन्त्री बास्कोटाको भनाइ छ । त्यस्तै भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्रालयले सार्वजनिक यातायात सम्बन्धी अवधारणापत्र स्वीकृत गरेको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस