समुदाय (प्रहरी साझेदारी) अवधारणा अन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

समुदाय (प्रहरी साझेदारी) अवधारणा अन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


११ पुस २०७५, बुधबार


काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुखआतिथ्यमा काठमाडौं महानगरपालिका(१० बानेश्वरस्थित अर्पण ब्याङ्क्वेट पार्टी प्यालेसमा समुदाय(प्रहरी साझेदारी) अवधारणा अन्तर्गत विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुसँग प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले साइबर क्राइम, सामाजिक संजाल तथा जबरजस्तीकरणी सम्बन्धी चेतनामूलक प्रशिक्षण दिँदै अपराधबाट बच्ने विभिन्न उपायहरुको जानकारी दिए ।

उनले सामाजिक संजालको दुरुपयोगबाट आपराधिक गतिविधिहरु बढ्दै गएको चर्चा गर्दै त्यस्ता अपराधबाट बच्न सदैब सजग हुन समेत आग्रह गरे । विद्यार्थीहरुले राखेका जिज्ञासाहरुको निरुपण गर्दै प्रहरी नायव महानिरीक्षक क्षेत्रीले सुरक्षाका लागि प्रहरी औपचारिक पात्र हो भने अनौपचारिक रुपमा सबै जनता भएको उल्लेख गर्दै नागरिकले प्रहरीलाई कुनै पनि आपराधिक गतिविधिका बारेमा जानकारी दिन आवश्यक रहेको बताए।

प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले कार्यक्रम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेकाच उक्त कार्यक्रममा प्रहरी विद्यालय सम्पर्क समितिका अध्यक्ष तथा रत्नराज्य माविका प्रधानाध्यापक डा.गीता खरेल र सनराईज स्कुलका प्रधानाध्यापक तेज प्रकाश श्रेष्ठले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

महानगरीय प्रहरी बृत्त बानेश्वरद्धारा आयोजित उक्त कार्यक्रममा काठमाण्डौ महानगपालिका १०, ३१ र ३२ का ३१ वटा विद्यालयका विद्यार्थी तथा शिक्षक एवं प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस