निजामतीका पाँच कमाण्डर, जसले पढेका थिए एउटै विद्यालय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निजामतीका पाँच कमाण्डर, जसले पढेका थिए एउटै विद्यालय


११ पुस २०७५, बुधबार


निजामतीका पाँच कमाण्डर

काठमाडौँ । नेपाल सरकारका केही शक्तिशाली निकायहरू, जसको कमाण्ड गरिरहेका छन् एउटै विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूले ।

नेपालको निजामती प्रशासनमा स्याङ्जा, गुल्मी, झापा, विराटनगर, पाल्पालगाएतको वर्चस्व रहँदै आएको भएपनि महत्त्वपूर्ण निकायमा एउटै विद्यालयमा पढेका विशिष्ट श्रेणीको नेतृत्वलाई भने संयोग नै मान्नुपर्छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया, गृह मन्त्रालयका सचिव प्रेम कुमार राई, कानुन, न्याय तथा संसदीय मन्त्रालयका सचिव राजीव गौतम, महालेखा परीक्षकको कार्यालयका सचिव ईश्वर नेपाल र हिजै मात्र कार्यभार सम्हालेका ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे एउटै विद्यालयका विद्यार्थीहरू हुन् ।

यि सबैले सङ्खुवासभा जिल्लाको हिमालय माध्यमिक विद्यालय खाँदवारीमा पढेका हुन् ।

एउटै स्कुलमा पढेका बहालवाला पाँचसचिवमध्ये तीन जना सचिवहरू देशको महत्त्वपूर्ण निकायहरूको नेतृत्वमा छन् । सामान्य प्रशासन, गृह प्रशासन र कानुनको नेतृत्व गरिरहेका सचिवत्रय थपलिया, राई र गौतम एउटै कक्षामा पढेका विद्यार्थीसमेत हुन् ।

नेपाल सरकारका वरिष्ठ सहसचिवत्रयको केही महिनाभित्रै हुने बढुवासँगै यो सङ्ख्या बढ्ने छ । यसरी बढुवाको रोलक्रममा रहेका सहसचिवहरूमा शिक्षा मन्त्रालयका सहसचिव डा. सूर्य गौतम, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सुरेश अधिकारी र महान्याधिवक्ताको कार्यालयका डा. टेकहादुर घिमिरे रहेका छन् ।

स्थायी सरकार पनि भनिने नेपालको निजामती क्षेत्रमा एकै समयमा यति धेरै उच्चपदस्थ हिमालय माध्यमिक विद्यालय खाँदबारीका लागि गौरवको विषय हो ।

Tags :
प्रतिक्रिया दिनुहोस