चलचित्र ‘आप्पा’को पहिलो गीत ‘हावा सरर’ सार्वजनिक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

 चलचित्र ‘आप्पा’को पहिलो गीत ‘हावा सरर’ सार्वजनिक


प्रशासन संवाददाता

१० पुस २०७५, मंगलबार


 चलचित्र ‘आप्पा’को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘हावा सरर’ बोलको गीतमा उमेश थापाको शब्द तथा अनमोल गुरुङको संगीत रहेको छ।

सार्वजनिक गरिएको गीतमा अभिनेता राई खुसी मुद्रामा कुहिरोको बाटोमा गाडी हुइँक्याउँदै देखिएका छन् ।  फिल्ममा उनी ड्राइभर बनेका छन्। अनमोल गुरुङको निर्देशनमा तयार भएको यस चलचित्रले बाबु(छोराको कथा प्रस्तुत गर्नेछ। ‘माउन्टेन पिक्चर्स’ र ‘सिनेमा आर्ट्स’को ब्यानरमा निर्माण भएको यो फिल्म जेठ २४ मा रिलिज हुँदैछ ।

चलचित्रमा दयाहाङ बाबुको भूमिकामा प्रस्तुत छन्। चलचित्रमा दयाहाङसँगै तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको पनि प्रमुख भूमिका रहेको छ। निर्देशक गुरुङको कथा समावेश फिल्मको पटकथा निर्देशक गुरुङ र उमेश उपमाले तयार पारेका हुन्।

 फिल्ममा रुदेन सादा लेप्चा निर्माताका रुपमा रहेका छन् भने माबो हाङ फिल्मका कार्यकारी निर्माता हुन्। फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन्।

हेर्नुहोस् गीत : 

Tags :
प्रतिक्रिया दिनुहोस