भारतबाट ४० नेपाली महिलाको उद्धार « प्रशासन
prasaLogo
१० पुष २०७५, मंगलवार

भारतबाट ४० नेपाली महिलाको उद्धार


प्रकाशित मिति : 25 December, 2018 4:10 pm

काठमाडौं । गैरकानूनी रुपमा वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जान हिँडेका ४० नेपाली महिलालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल फर्काइएको छ ।

दलाल र साथीभाइको प्रलोभनमा राम्रो आय हुने कामको खोजीमा तेस्रो देश जाने तयारीमा रहेको उनीहरु झण्डै एक महीनादेखि भारतीय प्रहरीकोे नियन्त्रणमा थिए । नयाँ दिल्लीस्थित नेपाली दूतावास र ‘माइती भारत’का अध्यक्ष बालकृष्ण पाण्डेको सहयोगमा उनीहरुलाई भारतीय प्रहरीको नियन्त्रणबाट मुक्त गरी नेपाल फर्काइएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

४० महिलामध्ये १३ लाई आज र २७ लाई ३ दिनअघि नेपाल फर्काइएको उनले बताए। नेपाल भारत जनसम्पर्क समितिका अध्यक्ष पाण्डेको सहयोगमा सबै महिलालाई विमानबाट नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केन्द्रीय अनुसन्धन ब्यूरो (सिआइबी) लाई हस्तान्तरण गरिएको थियो ।

सिआइबीले घट्नाबारेमा थप अनुसन्धान गरिरहेको र आफन्त नआएसम्मका लागि उद्धार गरिएका महिलालाई नख्खुस्थित ‘फर द वान’ संस्थाको जिम्मामा पठाएको सिआइबीका डिएसपी राजकुमार सिलवालले बताए । हाल उद्धार गरिएका महिला उक्त संस्थाको सुरक्षित आवासमा रहेका संस्थाका कार्यक्रम संयोजक मीना विकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस