अख्तियारले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन, एक वर्षमा १९ हजार उजुरी, शिक्षाका सबैभन्दा धेरै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अख्तियारले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन, एक वर्षमा १९ हजार उजुरी, शिक्षाका सबैभन्दा धेरै


प्रशासन विशेष ब्युरो

९ पुस २०७५, सोमबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो २८ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।

सोमबार अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले राष्ट्रपतिसमक्ष २ सय ४७ पृष्ठको प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७३/७४ अख्तियारमा १९ हजार ४ सय उजुरी परेको छ । जसमध्ये ६ हजार ४ सय ५८ वटा प्रारम्भिक छानबिन गरेर तामेलीमा राखेको, २ सय ६२ वटा सुझावसहित तामेलीमा राखेको, ५ सय ४६ वटामा विस्तृत अनुसन्धान गरिएको र ५ हजार १ सय ३४ वटामा अन्य आवश्यक कारबाही भएको आयोगले जनाएको छ ।

अख्तियार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रामेश्वर दंगालले भ्रष्टाचार मुद्दामार्फत तराईमा ४ सय १० बिघा १३ कट्ठा र पहाडमा ५३ रोपनी ६ आना जग्गा सरकारको नाममा ल्याउन सफल भएको बताउँदै गत आर्थिक वर्षमा अख्तियारले १६ करोड १३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिए ।

उनका अनुसार अख्तियारमा सबैभन्दा धेरै उजुरी शिक्षासम्बन्धी र दोस्रोमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित परेका छन् ।

आर्थिक वर्ष २०७४।७५ मा विभिन्न मन्त्रालयगत उजुरीहरूको सङ्ख्या हेर्दा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी १८.३२ प्रतिशत, सङ्घीय मामिलासँग सम्बन्धित उजुरी १८.०२ प्रतिशत, भूमिसम्बन्धी उजुरी ६.४८ प्रतिशत, वनसँग सम्बन्धित उजुरी ४.४८ प्रतिशत, स्वास्थ्य सेवासँग सम्बन्धित उजुरी ४.३७ प्रतिशत, गृह प्रशासनसम्बन्धी उजुरी ४.१३ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायाततर्फ २.८२ प्रतिशत, अर्थ मन्त्रालयतर्फ २.५९ प्रतिशत र अन्य निकायरक्षेत्रसँग सम्बन्धित उजुरी ३८.८ प्रतिशत रहेका छन् ।

हेर्नुहोस्र प्रतिवेदन

प्रतिक्रिया दिनुहोस