वडा सचिव ५ हजार घुससहित पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वडा सचिव ५ हजार घुससहित पक्राउ


प्रशासन संवाददाता

९ पुस २०७५, सोमबार


घुससहित रंगेहात पक्राउ

खस्यौली । अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले आज यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ ।

बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई रु ५ हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । सो सम्बन्धि अनुसन्धान भइरहेको आयोगका प्रमुख रवी पन्थले जानकारी दिए ।

पक्राउ परेका काउचालाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने उनले बताए । उनले बसाइँसराइको कागजात मिलाउने विषयमा सेवाग्राहीसँग घुस लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस