सिंहदरवारलाई सुन्दर बनाउने अभियान जारी, ब्रुमरबाट सडक सफाइ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सिंहदरवारलाई सुन्दर बनाउने अभियान जारी, ब्रुमरबाट सडक सफाइ


प्रशासन विशेष ब्युरो

७ पुस २०७५, शनिबार


काठमाडौँ । सिंहदरवार परिसर भित्रको धुलो सफा गरिएको छ ।

सडक विभागबाट मगाइएका ब्रुमरहरुले शनिवार सिंहदरवार परिसर भित्रका सडक सफाई गर्नुका साथै प्रधानमन्त्रीलगाएत मन्त्रालयहरूका आँगनहरू सफाइ गरेको हो ।

सिंहदरवारलाई स्वच्छ, सफा र हरियालीयुक्त बनाउने योजनाअनुसार निरन्तर काम भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

‘देशको प्रमुख प्रशासनिक केन्द्र हरेक हिसाबले नमुनायोग्य हुनुपर्छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव तथा प्रवक्त्ता विनोदबहादुर कुँवरले भने,’सिंहदरवारलाई ‘सुन्दर’ बनाउन सहरी विकास मन्त्रालयलाई दिएको निर्देशनअनुसार सचिवालयले काम गरिरहेको छ ।’

यसले सिंहदरवारको स्वरूप बदल्ने उनको विश्वास छ।

सडक सफाइसँगै सिंहदरवारभित्रका सडक बत्तीहरू चुस्त दुरुस्त अवस्थामा राख्ने र बगैचाहरु व्यवस्थित गर्ने काम पनि सँगसँगै भइरहेको छ ।

चार महिना अघि मात्रै प्रधानमन्त्री कार्यालयले सिंहदरवारलाई ‘सुन्दर’ बनाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो । सिंहदरवारभित्र गर्नुपर्ने विभिन्न २६ वटा कार्यहरूको सूचिसहिच सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले काम अघि बढाएको छ ।

निर्देशन कार्यान्वयन भए/नभएको अनुगमन गर्न प्रवक्ता कुँवरको संयोजकत्वमा एक समिति गठन गरिएको छ । सो समितिले प्रत्येक महिनाको पहिलो शुक्रवार अनुगमन गर्ने गरेको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख रविन्द्र बोहराले ‘लाइटिङ, पार्किङलगायत काम यही वर्ष सक्ने र अन्य कामहरू विषयमा आगामी वर्षमा सक्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस