मौलिक संस्कृतिलाई पर्यटकीय आकर्षणका रुपमा विकास गर्नु पर्छ : प्रधानमन्त्री ओली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मौलिक संस्कृतिलाई पर्यटकीय आकर्षणका रुपमा विकास गर्नु पर्छ : प्रधानमन्त्री ओली


प्रशासन संवाददाता

७ पुस २०७५, शनिबार


विश्व उपभोक्ता अधिकार दिवस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमा विकास गर्नु पर्ने बताएका छन् ।

किराँत धर्मावलम्बीहरुको चाड उधौली तथा चासोक तङनामका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।

नेपाली संस्कृतिलाई जीवन्त बनाउने विभिन्न समुदायका चाडपर्वहरु पर्यटकीय आकर्षणका केन्द्र हुनसक्ने प्रधानमन्त्री ओलीले बताए । “विभिन्न जातीय समुदायका चाडपर्वमा प्रयोग हुने बाजागाजा, नृत्य तथा अन्य गतिविधिहरु स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने सशक्त माध्यम बन्न सक्छन्” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विभिन्न जातीय समुदायले मनाउने चाडपर्वहरुले आपसी सद्ध्भाव र सहिष्ण्ताको भावना विकास गरेको उल्लेख गरेका छन् । “हाम्रो जातीय, भाषिक र धार्मिक विविधता नै नेपालीलाई एक सुत्रमा बाँध्ने माध्यम भएका छन्” प्रधानमन्त्रीले शुभकामनामा उल्लेख गरेका छन् ।

मंसिरे पूर्णिमाको दिन खासगरी किराँत राई र सुनुवार जातीले मनाउने उधौली पर्व र लिम्बू जातिले मनाउने चासोक तङनामलाई सरकारले किराँत चाडको रुपमा मान्यता दिएको प्रधानमन्त्री ओलीले बताए । पाकेको अन्नको न्वागी खाने दिनको रुपमा किराँतहरुले मनाउने यस पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत जातिमा प्रधानमन्त्री ओलीले सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गरेका छन ।

Tags :
प्रतिक्रिया दिनुहोस