हाम्रो प्यारो देश नेपाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हाम्रो प्यारो देश नेपाल


प्रशासन संवाददाता

७ पुस २०७५, शनिबार


हिमाल, पहाड, उपत्यका, तराइका फाँट।
टार, पाटन, भञ्ज्याङ, थुम्का, गरा-खेत काँठ।।

शिखरको सेतो हिउँ, तालको नीलो पानी,
नदी, नाला, झरना, छाँगा सौन्दर्यको खानी।।

संसारमै सर्वोच्च हो हाम्रो सगरमाथा।
त्यस्तै उँचा ताल-तलैया, वीरताका गाथा।।

अनेक थरी बोली-भाषा, संस्कार, चाड-पर्व।
रीतिरिवाज, वेशभूषामा हामी गर्छौं गर्व।।

वन-जङ्गल, ढुंगा-माटो, खनिजका खानी।
यही भूमिमा जन्मे, हुर्के शूर, वीर, ज्ञानी।।

आधा दर्जन ऋतु यहाँ क्रमैसित चल्छन्।
अन्न, फलफूल, सागपात धेरै जातका फल्छन्।।

साधनाको, सभ्यताको मुहान नेपाल देश।
कीर्ति यसको रही रहे हुन्थ्यो अति बेस।।

सुख, शान्ति, समृद्धिको सुगम संगम थलो।
यो देशलाई उज्ज्वल पारे होला सबको भलो।।

*****************

प्रतिक्रिया दिनुहोस