बैतडीका दुई दर्जन वडा सडकविहीन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बैतडीका दुई दर्जन वडा सडकविहीन


प्रशासन संवाददाता

७ पुस २०७५, शनिबार


बैतडी । स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष बढी भइसक्दा पनि बैतडीका करीब दुई दर्जन वडा कार्यालय सडकविहीन छन् । चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तहका ८४ वडामध्ये २२ वडा अझै पनि सडकविहीन रहेका र दुई स्थानीय तहका केन्द्रमा समेत सडक पुगेको छैन ।

सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाका केन्द्रमा सडक पुग्न नसकेको सम्बन्धित स्थानीय तहले जनाएका हुन् । जिल्लाको सबैभन्दा विकट सिगास गाउँपालिकाको वडा नं १, २ र ३ बाहेक अन्य सबै वडामा सडक सञ्जाल नपुगेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।

यस्तै पुचौर्डी नगरपालिकाकाको वडा नं २, ३, ४, ८ र ९ वडा कार्यालयमा सडक पुग्न नसकेको नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले बताए । डिलाशैनी गाउँपालिकाको वडा नं १, ४ र ७ को वडा कार्यालय र पाटन नगरपालिकाको १, ५ र ७ नं वडा कार्यालय सडकविहीन छ भने सुर्नया गाउँपालिकाको ६, ७ र ८ मा पनि सडक नपुगेको गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले उल्लेख गरे ।

मेलौली नगरपालिकाको वडा नं ४ र दोगडाकेदार गाउँपालिकाको वडा नं १ को कार्यालय पनि सडकविहीन छ । दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका सबै वडामा सडक सुविधा रहेको सम्बन्धित स्थानीय तहले जनाएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस