गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी २२ औँ वर्षमा प्रवेश « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी २२ औँ वर्षमा प्रवेश


प्रशासन संवाददाता

६ पुस २०७५, शुक्रबार


काठमाडौँ । गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाको २१ औँ वार्षिक साधारण सभा सम्पन्न गर्दै २२ औ वर्षमा प्रवेश गरेको छ ।

काठमाण्डौको नयाँबानेश्वर ब्याङक्वैटमा शुक्रवार प्रमुख अतिथि सहकारी विभागका उपरजिष्टार शशी कुमार लम्सालले पानसमा दीप प्रज्वलन साधारण सभाको शुभारम्भ गरेकी थिइन् ।

कार्यक्रममा गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी सञ्चालक समिति सदस्य कृष्ण कुमारी सुब्बाको स्वागत मन्तव्य राखेकी थिइन् भने सहकारी संस्थाका अध्यक्ष इमान सिंह राईले उपस्थित सेयर सदस्यहरूमाझ गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो साधारण सभाका अतिथि ललितपुर लिल्ला बचत तथा ॠण सहकारी लिल्ला संघका अध्यक्ष राम शरण घिमिरेले नेपाल सरकारको नयाँ सहकारी ऐनले निर्दिष्ट गरेको प्रावधान अनुरूप कार्यन्वयन हुने बताएका छन् ।

‘एक जना व्यक्ति धेरै वटा वित्तीय संस्थाहरूमा सेयर सदस्य बस्न नपाउने प्रावधान छ,’ घिमिरेले भने, ‘त्यस्तो अवस्थामा आम सेयर सदस्य मानुभावहरुले गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारीलाई रोज्न आग्रह गर्दछु ।’
साधारण सभाका प्रमुख अतिथि सहकारी विभागका उप रजिस्ट्रार शशी कुमार लम्सालले पुरानो गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारीलाई प्रेरणाका रूपमा लिनुपर्ने बताए ।

सहकारीमा भएका कमी कमजोरीहरू सच्याउन विभागले दिएको सुझाव अनुसार सञ्चालक समिति र व्यवस्थापनबाट सुधार्ने प्रतिबद्धता आइसकेको हुनाले सुध्रिदै जाने लम्सालको विश्वास छ ।

Tags :
प्रतिक्रिया दिनुहोस