चलचित्र ‘प्रेम संसार’ बन्ने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

चलचित्र ‘प्रेम संसार’ बन्ने


प्रशासन संवाददाता

६ पुस २०७५, शुक्रबार


काठमाडौं । चलचित्र ‘प्रेम संसार ‘बन्ने भएको छ । चलचित्रको राजधानी स्थित भद्रकाली मन्दिरमा बिहिबार मुर्हत गरिएको हो ।

सामाजिक प्रेम कथामा निर्माण हुन लागेको यो चलचित्रको मुर्हत सर्टको निर्देशन सोभित बस्नेत, कल्याप उत्तम केसी, क्यामारा स्वीच अन रबि कार्कीले गरेका छन् । कलाकार प्रेम सोनी, मोनिका दाहाल र आयुष्मा कार्कीले मुहर्त सर्ट दिएको कार्यक्रमा अस्मिता भण्डारीले नरिबल फोडेकी छन् ।

सोनी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्रलाई प्रेमबहादुर सुनार र कमल सुनारले निर्माण गर्न लागेका हुन् । प्रेम सोनीको कथा लेखन, शंकर महर्जनको द्वन्द्व, रामचन्द्र गौतमको पटकथा/सम्वाद, दिपेन वस्नेतको छायाँकन, प्रेम शर्माको सम्पादन रहने चलचित्रमा एकिन्द्र सारा शंकरको नृत्य निर्देशन रहने छ ।

काठमाडौं, पोखारा, चितवन, पर्वत, स्याङ्जालगायतका स्थानमा छायाँकन गरिने यो चलचित्रमा प्रेम सोनी, मोनिका दाहाल, विविशा पाण्डे, सोभित बस्नेत, उत्तम केसी, आयुषमा कार्की, रामचन्द्र अधिकारी, शुरवीर पण्डित, लक्षमणविक्रम बस्नेत, राजकुमार शाह, सुदन धिताल, अस्मिता भण्डारी, सिता वि.क., सुनिल वि.क., श्रृष्टी सुनार, गणेश सुनार, सौगात शोनी, प्रज्जवल सोनी, विशाल सोनी, सूर्य विश्वकर्मा, हिरालाल विश्वकर्मा, राजकुमार पौडेल, अर्जुन पौडेललगातका कलाकारको अभिनय रहने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस