रामेछापमा माछा मार्ने क्रममा करेन्ट लागेर तामाङको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रामेछापमा माछा मार्ने क्रममा करेन्ट लागेर तामाङको मृत्यु


प्रशासन संवाददाता

६ पुस २०७५, शुक्रबार


रामेछाप । दोरम्बा गाउँपालिका-७ थापागाँउ बस्ने ४५ वर्षीय पासाङ तामाङको सोही ठाउँस्थित घट्टे खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार दिउसो मृत्यु भएको छ ।

उक्त खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका पासाङलाई उपचारको लागि स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस