टि–ट्वेन्टी प्रतियोगिताको उपाधि पाँच पोखरीलाई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

टि–ट्वेन्टी प्रतियोगिताको उपाधि पाँच पोखरीलाई


प्रशासन संवाददाता

६ पुस २०७५, शुक्रबार


काठमाडौं । नेपाल–पाकिस्तान फ्रेन्डसिप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि पाँच पोखरी क्रिकेट क्लबले जितेको छ । नेपालस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको उक्त प्रतियोगताको फाइनल खेलमा पाँच पोखरीले रोयल इन्डो क्रिकेट क्बलाई ४३ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । जितसँगै पाँच पोखरीले रु ३० हजार प्राप्त गर्‍यो ।

त्यस्तै उपविजेतामा चित्त बुझाएको रोयलले रु २० हजार प्राप्त गर्‍यो । प्रतियोगितामा उत्कृष्ट खेलाडी पाँच पोखरीका नवीनसिंह थापा, उत्कृष्ट ब्याट्सम्यान पाँच पोखरीकै आकाश विष्ट तथा उत्कृष्ट बलर रोयलका सुवास खत्री घोषित भए ।

विजयी खेलाडीलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेद, युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालगायतले पुरस्कार वितरण गरे ।

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले नेपाल र पाकिस्तानको सम्बन्ध मजबुद रहेको बताउँदै यस किसिमको प्रतियोगिताले दुई देशबीचको सम्बन्ध मात्र नभई खेल क्षेत्रको पनि विकास हुने विचार व्यक्त गरे । उक्त प्रतियोगितामा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस